Rule 154
रासन सुबिधा
: (१) सशस्त्र प्रहरी बलमा कार्यरत सबै सशस्त्र प्रहरी कर्मचारीलाई अनुसूची–१६ बमोजिमको रासन सुबिधा दिईनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यालयबाटै खानाको प्रबन्ध भएकोमा सम्बन्धित मेसमा खाना खाने सशस्त्र प्रहरी कर्मचारीको रासन वापतको एकमुष्ट रकम सम्बन्धित सशस्त्र प्रहरी कार्यालयलाई उपलव्ध गराउन सकिनेछ ।